शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमानी ट्रष्ट युएसए न्यूयोर्क शाखा आधिकारिक रुपमा संचालनमा

बुधबार, २३ असार २०७८, १० : ०३
बुधबार, २३ असार २०७८

काठमाडौं । हिमानी ट्रष्ट युएसएको शाखा न्यूयोर्कमा आधिकारिक रुपमा संचालनमा आएको छ । गत जुलाई २ तारिख शुक्रवारका दिन जय नेपाल, जय नेपालीको मुख्य नाराका साथ हिमानी ट्रस्ट युएसए न्युयोर्क ब्युरोको आधिकारिक रूपमा न्युयोर्कको कुइन्स स्थित गोरखाली चमेनागृह (रेष्टुरेन्ट)मा बिधिबत रुपमा समुद्घाटन भएको छ।

हिमानी ट्रष्ट न्यूयोर्कका राजदुत (एमबासाडोर)जोन खड्गीको सभापतित्वमा सञ्चालित उक्त समुद्घाटन कार्यक्रम नेपालको राष्ट्रिय गानबाट सुरु भएको थियो । कार्यक्रममा हिमानी ट्रष्ट अमेरिकाका केन्द्रीय अध्यक्ष हरी शर्मा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमलाई हिमानी ट्रस्ट न्युयोर्क ब्युरोका प्रशासनिक निर्देशक डा।शंकर विशुंखे तथा केन्द्रीय सूचना छापा तथा संचार (प्रेस तथा मिडिया) डाईरेक्टर मेश मैनालीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा झन्डै १०० जना भन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथि हरी शर्माले पानसमा बत्ती प्रज्वलन गरी बिधिबत रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले हिमानी ट्रष्ट धर्म, वर्ग, जाती, पार्टी र सम्प्रदायू भन्दा धेरै माथि उठेर नेपाल र नेपालका महिला,अशक्त, वृद्ध, विधवा तथा वाल(बच्चाका साथै शिक्षा(स्वास्थको विकासमा महत्वपूर्ण सहयोग गर्ने विशुद्ध समाजिक संस्था रहेको बताए ।

यसले आफ्नो छोटो समयमा इतिहास रचेको साथै नेपालका समस्त समाजको लागि उदाहरणीय सामाजिक महत्वपूर्ण कार्यहरू गरी सकेको जानकारी गराए । मन्तव्यको क्रममा हिमानी ट्रष्ट अमेरिकाका महासचिव आनन्दु लामाले अमेरिकामा अधिकारिक रूपमा हिमानी ट्रष्टलाई दर्ता गराउनमा समाजसेवी अगुवा तथा आजका प्रमुख अतिथि हरी शर्माको महत्वपूर्ण भूमिका रहेको अवगत गराए ।  

हिमानी ट्रष्ट एउटा विशुद्ध सामाजिक संस्था रहेकोले यसका कार्यक्रमहरु समाजमा शान्ति र शान्त वातावरण मार्फत सम्पूर्ण कार्यहरु स्पष्ट र पारदर्शी रूपमा गरिने अवगत पनि गराए ।

शान्तिका अग्रदुतभगवान बुद्ध जन्मेको थलो, हाम्रो देश नेपाल हाल विभिन्न कारणले अशान्त आक्रान्त रही छटपटाइरहेको अवस्थामा हिमानी ट्रष्ट
युएसएले शान्ति समृद्धि र स्वतन्त्रताको कामना र प्रार्थना गर्दै आगामी दिनहरुका सम्पूर्ण कार्यक्रमहरू हिमानी ट्रष्ट नेपालसँग सहकार्य गरी अगाडि जाने जानकारी पनि गराए ।

त्यसैगरी मन्तब्यकै क्रममा हिमानी ट्रष्ट युएसएका केन्द्रीय सदस्य मोहन निरौलाले संस्थाको मुख्य उद्देश्य माथि बोल्दै अझ स्पष्ट पारेका थिए ।

यस कार्यक्रममा नेपालीहरु बाहेक बिदेशी (अमेरिकी)पाहुनाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो । यसै क्रममा स्थानीय मारनाथा बापटिष्ट चर्चका मुख्य पादरी इम्मानुएल ग्रोगिय तथा अर्का पादरी जर्मिया वृकमानले संस्थालाई शुभकामना दिएका थिए ।

दुवैले यस संस्थाको उद्देश्य प्राप्तीको लागि आफू र आफ्नो टोलीबाट सक्दो सहयोग नेपाल र नेपालीका लागि सदैव गर्ने र गराउने वाचा गरे ।

उक्त कार्यक्रममा हिमानी ट्रस्ट न्युयोर्क ब्यूरोकाका नव नियुक्त पदाधिकारीहरूलाई प्रमुख अतिथि शर्माले प्रमाण पत्र वितरण गरेका थिए । हिमानी ट्रष्ट न्युयोर्क ब्यूरोका सल्लाहकार बन्दना कोइरालाले केन्द्रबाट आएका प्रमुख अतिथि, केन्द्रका अन्य अतिथिहरू तथा विदेशी पाहुना लगायत सम्पूर्ण उपस्थित व्यक्ति(व्यक्तित्वरुलाई स्वागत मन्तब्य गरेकी थिइन् ।

यसै क्रममा कोईरालाले हिमानी ट्रस्टको लागि जाती तथा दल (पार्टी) भन्दा माथि उठेर सेवा कार्यमा लागि पर्न सबैलाई आह्वान गरिन ।

कार्यक्रममा हिमानी ट्रष्ट न्युयोर्क ब्यूरोका राजदुत (एमबासाडोर) तथा सभाका सभापती जोन खड्गीले सम्पूर्ण उपस्थित आमन्त्रित पाहुनाहरुलाई आफ्नो व्यस्त कार्यका बाबजुद पनि कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पारि दिनु भएकोमा कृतज्ञता व्यक्तको साथै धन्यवाद दिएका थिए ।

हिमानी ट्रष्टको भावी विभिन्न कार्ययोजनाहरु बारे प्रष्ट पार्दै समुद्घाटन कार्यक्रम विसर्जन गरेका थिए । अन्तमा हिमानी ट्रष्टको न्यूयोर्क ब्यूरोले आमन्त्रित सम्पूर्ण अतिथिहरूको सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप