रहेनन् अभिनेता दिलिप कुमार
बुधबार, २३ असार २०७८, ०९ : ४७
मुम्बई । बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।
९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।
उनको १९६०मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।
दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण केही दिन अगाडि अस्पताल पुर्याइएको थियो । सो समय उनको हालत स्थिर बताइएको थियो ।
उनी बलिउडमा ट्रयाजेटी किङ्को रुपमा समेत चिनिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण