इटालीको अपराजित खेल संख्या ३३ पुग्यो
बुधबार, २३ असार २०७८, ०४ : १८
इटालीले स्पेनलाई टाइब्रेकरमा ४–२ ले हराउँदै युरोकप फुटबलको फाइनल यात्रा गरेको छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ । सेप्टेम्बर २०१८ यता इटाली अपराजित छ । उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।
इटालीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो । त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो । जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जीत दर्ता गर्दैै उक्त किर्तिमान भंग गरेको थियो ।
अन्तर्राष्ट्रिय फुटबलमा इटालीबाहेक ब्राजिल र स्पेनले मात्रै यति लामो अपराजित यात्रा गर्न सकेका छन् । ब्राजिल ९० को दशकमा तथा स्पेन २००७ देखि २००९ सम्मका अवधिमा ३५ खेलसम्म अपराजित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन