आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विश्वका नेतालाई सीको सन्देश, चीनले प्रभूत्व खोज्दैन

मङ्गलबार, २२ असार २०७८, २२ : ४५
मङ्गलबार, २२ असार २०७८

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले कहिल्यै प्रभूत्व वा विस्तारवाद नखोज्ने बताएका छन् । चीन सधैं विकासशील विश्वको सदस्य रहने उनले बताए । 

चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षगाँठको उपलक्ष्यमा विश्वका विभिन्न पार्टीका नेताहरुलाई सम्बोधन गर्दै पार्टीका महासचिव सीले यस्तो बताएका हुन् । भर्चुअल रुपमा आयोजित सम्मेलनमा विश्वका ५ सयभन्दा धेरै राजनीतिक पार्टीका नेताहरुको सहभागिता थियो । वर्तमान विश्वका चुनौतीहरु सामना गर्नका लागि बहुराष्ट्रियता र सहकार्यमा जोड दिइनुपर्ने उनले बताए । विकासका लागि पनि यस्तो सहकार्य जरुरी रहेको उनले बताए । ‘विकास केवल केहीले लाभ उठाउने कुरा होइन । र, अन्य देशको विकास रोक्ने कुरा कहिल्यै स्वागत योग्य हुन्न,’ सीले भने । 

विकास र सहकार्यममा  सबै देशलाई माथि उठाउन जरुरी रहेको उनले बताए । उनले विकासको फल पनि सबैले बाँडेर खाने बताए । विश्वबाट गरिबी न्युनिकरण गर्नका लागि चिनियाँ समाधान र चिनियाँ सामर्थ्य लगाउन चिनियाँ कम्युनिष्ट पार्टी इच्छुक रहेको उनले बताए । कोभिड १९ विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहकार्य गर्नका लागि चीनले कुनै कसर बाँकी नराख्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप