शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

मङ्गलबार, २२ असार २०७८, २१ : ३०
मङ्गलबार, २२ असार २०७८

संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी स्वचालित तथ्याँक प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए ।

उनले सन् २०२१ को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिए ।

रिचर्डसनले कोभिड–१९ का कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको छ भने। होटल, पर्यटन क्षेत्र खुला हुँदै गएका कारण आम रुपमा अर्थतन्त्रमा चहलपहल बढेको छ, उनले भने ।

जुन महिनामा छ लाख २४ हजारले सेवा क्षेत्रमा नयाँ रोजगारी पाएको एपीडीले जनाएको छ । 

ठूला व्यवसाय तथा मझौला कम्पनीहरुले जुन महिनामा दुई लाख ४० हजारलाई रोजगारी दिएका छन् भने साना कम्पनीहरुले दुई लाख १५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप