शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईमा नेपाली डाक्टरले पाए गोल्डेन भिसा

मङ्गलबार, २२ असार २०७८, १९ : ३७
मङ्गलबार, २२ असार २०७८

यूएईमा कार्यरत एक नेपाली डाक्टरले गोल्डेन भिसा प्राप्त गरेका छन्। विगत ४ वर्ष देखि यूएईको आवुधावीस्थित बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत विराटनगरका डा. रविन्द्र यादवले गोल्डेन भिसा प्राप्त गरेका हुन्।

सन् २०१३ मा यूएई आएका डा. यादव चर्म रोग विशेषज्ञ हुन्। यूएईको अल ऐन रहेको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा. यादव हाल बुर्जिल अस्पताल आवुधावी कार्यरत छन्।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट एमवीबीएस उत्तिर्ण  गरेका डा. यादवले बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गरेका थिए। 

आफ्नो अध्ययन पुरा गरेसँगै उनले केही समय नोवेल मेडिकल कलेजमा सह मेडिकल निर्देशकको रुपमा काम गरे। सन् २००२ मा उनी यातना पीडित सरोकार केन्द्रको पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रुपमा पनि काम गरेका थिए। 

उनी भारतको कुटानियस सर्जनहरू, भारतीय प्रसाधनिक चर्म विज्ञान सोसाइटीको आजीवन सदस्य, अमेरिकन एकेडेमी एस्थेटिक मेडिसिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डेर्मेटोलोजीको अन्तर्राष्ट्रिय फेलोमा समेत आवद्ध छन्।

यूएई सरकारले गत केहि महिना देखि विशेष व्यक्ति र पेशामा आवद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिदैं आएको छ। जसमा डाक्टर, शिक्षण पेशामा आवद्ध शिक्षक,शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकारहरुलाई गोल्डेन भिसा दिदै आएको हो। भिसाको अवधि १० वर्षको हुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप