मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

३ वर्षे छोराको जीवन बचाउन कलेजो दाता गुहार्दै पिता

मङ्गलबार, २२ असार २०७८, १९ : ०७
मङ्गलबार, २२ असार २०७८

काठमाडौं । एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक दर्शित जंग रावलको कलेजो प्रत्यारोपणका लागि दाताको खोजी गरेका छन् । 
टिचिङ बाल अस्पतालमा मेडिकल सपोर्टमा रहेका रावलका पिता दिनेश रावलले १५ दिनभित्र प्रत्यारोपण गुर्नपर्ने भएकाले दाताको खोजीमा रहेको बताएका छन् । 

उनको कलेजो प्रत्यारोपणका लागि यसअघि नै पारिवारीक दाता तयार भएपनि दाताको कलेजो उपयुक्त नभएको, उनको उपचार गरिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ ।

उनको लागि ‘ओ पोजिटिभ’ रगत समूह भएका दाताको खोजी भइरहेको र उनको परिवारमा त्यस्तो अन्य दाता व्यक्ति नभएको भन्दै उनको लागि नयाँ कलेजो दाता खोजि गर्न लागेको हो ।

हाल टिचिङ बाल अस्पतालमा मेडिकल सपोर्टमा रहेका रावलको लागि आगामी १५ दिनभित्र नयाँ दाता खोजी गरेर कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै बालकका पिताले सबैसँग आग्रह गरेका छन्।

रावलले इच्छुक दाताहरुले ९८०२०९६३२६ मा सम्पर्क गरी आफ्नो छोराको जीवन बचाइदिन पनि आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप