विभिन्न माग राख्दै पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा
विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन् ।
आन्दोलनको घोषणा गर्दै विद्यार्थी पाँच विद्यार्थी संगठनले २४ असारमा देशव्यापी सिट्ठी जुलुस र २७ असारमा माइतीघरमा शंख फुकेर प्रतिगमनविरुद्ध विरोध प्रदर्शन गर्ने प्रेस नोटमा उल्लेख गरेका छन् । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने विश्वाससमेत लिएको छ ।
यस्तै, बैठकले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता, भ्रष्टाचार, निजीकरण र माफियाकरणले प्रतिष्ठान धराशायी हुने अवस्थामा पुगेको निष्कर्ष निकाल्दै उपकुलपतिको बर्खास्तीको माग गर्दै भइरहेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ ।
शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन पनि बैठकले माग गरेको छ ।
चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अविलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण