श्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुई जना पक्राउ
मङ्गलबार, २२ असार २०७८, १८ : ५३
रुपन्देहीमा प्रहरीले श्रोत नखुलेको ३१ लाख ९० हजार रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं.१ बस्ने बर्ष २१ को बिनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटीरोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला पारी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए ।
प्रहरीले बिनय कलावार र भारत उत्तर प्रदेश नौतनबा बस्ने ३५ बर्षका सुरज गौणलाई नियन्त्रण लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ