आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

मङ्गलबार, २२ असार २०७८, १७ : ५६
मङ्गलबार, २२ असार २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । 

कास्कीका २, नवलपरासी पूर्वमा ३, बागलुङमा १ र गोरखामा १ सहित ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए । 

उनका अनुसार पोखरा –१४ का ६२ वर्षका पुरुष, पोखरा –१२ का ६७ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी नवलपरासी पूर्व कावासोती–३ का ८१ वर्षका पुरुष, देवचुली–४ की ६८ बर्षिय महिला र मध्येविन्दु– ७ की ६७ बर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरी गोरखा सिरानचोक–४का ५८ बर्षिय पुरुष र बागलुङ नगरपालिका–३ का ६८ बर्षिय पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७४ पुगेको छ । 

त्यसैगरी गण्डकी प्रदेशमा थप ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०० जनाको नमुना परिक्षण गरिएकामा ३६६ जनामा संक्रमण देखिएको हो । 

संक्रमित मध्ये १३४ पुरुष र १३८ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १३४, म्याग्दीका ४, पर्वत २८,लमजुङ १९,गोरखा ४८, तनहुँ ५२, बाग्लुङ २७, स्याङ्जाका २०, नवलपुरका ३३ र मनाङमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार ७८४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५३ हजार ६३९ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप