शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा असार ३१ गतेसम्म निषेधाज्ञा

मङ्गलबार, २२ असार २०७८, १७ : २३
मङ्गलबार, २२ असार २०७८

कोरोना संक्रमणको जोखिम अझै जारी रहेको भन्दै दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्ब्याइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले लकडाउनलाई असार ३१ गते सम्म  जारी राख्ने निर्णय भएको बताए ।

यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निर्णयमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे सम्म खुल्ला गर्ने पुरानै निर्णयलाई यथावत राखिएको  छ ।  जिल्ला पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर  घटेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप