शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संगठनात्मक विषयमा छलफल सुरुवात : भीम रावल

मङ्गलबार, २२ असार २०७८, १७ : १८
मङ्गलबार, २२ असार २०७८

काठमाडौं एमाले उपाध्यक्ष तथा खनाल नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबारको कार्यदल बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफलको सुरुवात भएको बताएका छन् । मंगलबारको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिकृया दिँदै नेता रावलले दोस्रो दिनको बैठक संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा केन्द्रीत भएको जानकारी दिएका हुन् ।

‘जसरी अदालतको फैसलापछि नेकपा एमाले पुनर्जीवित भएको छ । त्यसपछि एमालेको संगठनात्मक विषयसँग सम्बन्धित समस्याहरु उत्पन्न भएका छन् । ति विषयमा कार्यदलका सवै सदस्यहरुबाट सहमतिका आधारमा अघि बढ्ने बारेमा छलफल भयो’, नेता रावलले भने, ‘यिनै विषयमा पुन भोली छलफल हुन्छ ।

सर्वोच्चको गत फागुन २३ गतेको आदेशपछि एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्नेमा अध्यक्ष ओलीले फागुन २८ मा आफुपक्षीय बैठक राखेर नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै विधान समेत संशोधन गरेका थिए । त्यसपछि खनाल नेपाल समुहले देशव्यापी समानान्तर समिति बनाएको थियो । अव त्यही समानान्तर समितिको व्यवस्थापन गर्न नेताहरुलाई सकस पर्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप