संगठनात्मक विषयमा छलफल सुरुवात : भीम रावल
काठमाडौं एमाले उपाध्यक्ष तथा खनाल नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबारको कार्यदल बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफलको सुरुवात भएको बताएका छन् । मंगलबारको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिकृया दिँदै नेता रावलले दोस्रो दिनको बैठक संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा केन्द्रीत भएको जानकारी दिएका हुन् ।
‘जसरी अदालतको फैसलापछि नेकपा एमाले पुनर्जीवित भएको छ । त्यसपछि एमालेको संगठनात्मक विषयसँग सम्बन्धित समस्याहरु उत्पन्न भएका छन् । ति विषयमा कार्यदलका सवै सदस्यहरुबाट सहमतिका आधारमा अघि बढ्ने बारेमा छलफल भयो’, नेता रावलले भने, ‘यिनै विषयमा पुन भोली छलफल हुन्छ ।
सर्वोच्चको गत फागुन २३ गतेको आदेशपछि एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्नेमा अध्यक्ष ओलीले फागुन २८ मा आफुपक्षीय बैठक राखेर नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै विधान समेत संशोधन गरेका थिए । त्यसपछि खनाल नेपाल समुहले देशव्यापी समानान्तर समिति बनाएको थियो । अव त्यही समानान्तर समितिको व्यवस्थापन गर्न नेताहरुलाई सकस पर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण