शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनालाई चुनौती दिँदै यातायात कार्यालयमा अत्यासलाग्दो भीड, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २२ असार २०७८, १७ : १५
मङ्गलबार, २२ असार २०७८

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले मंगलबारदेखि लागु हुने गरी यातायातका सबै साधन खुला गरेको छ । यस्तै अधिकांश सेवा पनि प्रवाह हुन थालेको छ । यस्तैमा यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको नवीकरण, प्रतिलिपि, स्मार्ट लाइसेन्स वितरण, ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीबाट राजस्व सङ्कलन लगायत सेवाहरू दिन थालेपछि भिडभाड देखिन थालेको छ ।

कोरोनाको जोखिम कायमै रहे पनि त्यसलाई परवाह नगरी सेवाग्राहीको अत्यास लाग्दो भिडभाड देख्न सकिन्छ । मङ्गलवार रातोपाटीकर्मी यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्दा सेवाग्राहीहरूको भिडभाड अत्यधिक देखिन्थ्यो भने सामाजिक दुरी पालना भएको देखिँदैनथ्यो । प्रदूषण चेकजाँचका साथै चालक अनुमति पत्रको नवीकरण, प्रतिलिपि, स्मार्ट लाइसेन्स लिन लगायतका कामले त्यहाँ पुगेको उनीहरूको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप