बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सको कार्यालयमा तनाव

मङ्गलबार, २२ असार २०७८, १७ : १५
मङ्गलबार, २२ असार २०७८

नेपाल एयरलाइन्सको कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । 

सो क्रममा प्रहरीले ताला तोड्न खोजेपछि तनावको अवस्था सिर्जना भएको छ ।  

एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएपछि कर्मचारी संगठन रुष्ट बनेका हुन् । 

निजी एयरलाइन्सलाई नेपाल एयरलाइन्स जिम्मा लगाउने रणनीतिका साथ यस्तो तयारी भएको कर्मचारीहरुको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप