शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कार्यदल बैठक : विवादका विषयमा छलफल केन्द्रीत

मङ्गलबार, २२ असार २०७८, १६ : ५४
मङ्गलबार, २२ असार २०७८

नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकमा पार्टी भित्रको विवादबारे विषयगत  छलफल सुरु भएको छ ।

मंगलबार सिंहदरबारमा दोस्रो चरणको दोस्रो दिन बसेको बैठक सकारात्मक ढंगले अघि बढेको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

‘बैठक सकारात्मक ढंगले अघि बढेको छ । पार्टीभित्र देखिएका विवादका सन्र्दभमा केन्द्रीत रहेर छलफलको सुरुवात भएको हो’, बैठकपछि विष्टले भने, ‘आजको बैठकमा सदस्यहरुले आआफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’

बैठकमा सहभागी अर्का एक नेताले भने, ‘आजपनि पहिले भएका अनौपचारिक छलफलको पुनरावलोकन भयो । विभिन्न विषयमा रहेका असहमतिमाथि खुला रुपमा छलफल भयो । तर कुनै निर्णय भएन ।’

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो । तर गत आइतबार अध्यक्ष ओली र नेता भीम रावलबीचको भेटवार्तापछि कार्यदल व्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने सहमतिपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप