एमाले कार्यदल बैठक : विवादका विषयमा छलफल केन्द्रीत
नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकमा पार्टी भित्रको विवादबारे विषयगत छलफल सुरु भएको छ ।
मंगलबार सिंहदरबारमा दोस्रो चरणको दोस्रो दिन बसेको बैठक सकारात्मक ढंगले अघि बढेको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए ।
‘बैठक सकारात्मक ढंगले अघि बढेको छ । पार्टीभित्र देखिएका विवादका सन्र्दभमा केन्द्रीत रहेर छलफलको सुरुवात भएको हो’, बैठकपछि विष्टले भने, ‘आजको बैठकमा सदस्यहरुले आआफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’
बैठकमा सहभागी अर्का एक नेताले भने, ‘आजपनि पहिले भएका अनौपचारिक छलफलको पुनरावलोकन भयो । विभिन्न विषयमा रहेका असहमतिमाथि खुला रुपमा छलफल भयो । तर कुनै निर्णय भएन ।’
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो । तर गत आइतबार अध्यक्ष ओली र नेता भीम रावलबीचको भेटवार्तापछि कार्यदल व्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने सहमतिपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण