बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जगदम्बाद्वारा सुपर शाइन तथा ग्याल्भा प्लस जस्ता पाताको उत्पादन सुरु

मङ्गलबार, २२ असार २०७८, १६ : ५३
मङ्गलबार, २२ असार २०७८

बारा । जगदम्बाले सुपर शाइन (रंगीन जस्ता पाता) तथा ग्याल्भा प्लस (सादा जस्ता पाता)को अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री संचालनमा ल्याएको छ । उक्त फ्याक्ट्रीको कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रवालले उद्घाटन गरेका छन् । 

उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिशनिङ कार्य कम्पनीका उपाध्यक्ष प्रभात मिश्राले गरेका छन् ।

जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगिन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको जनाएको छ । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्ता पाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप