शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुजिता भण्डारी प्रकरण : शव फेला परेको १५ मिटर पर मोबाइल भेटियो

मङ्गलबार, २२ असार २०७८, १६ : ५१
मङ्गलबार, २२ असार २०७८

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीले बोक्ने मोवाइल फेला परेको छ । शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले रातोपाटीलाई बताए ।

सोमबार मोबाइलको ब्याट्री फेला परेको थियो । ब्याट्री फेला परेको ठाउँभन्दा पाँच मिटर पर मोवाईल फेला परेको हो ।

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । शव परिक्षणको रिपोर्ट आउन बाँकी छ ।

घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुलेको छैन् । केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् ।

असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले घटनास्थलबाट विषको बट्टा पनि बरामद गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप