सुजिता भण्डारी प्रकरण : शव फेला परेको १५ मिटर पर मोबाइल भेटियो
चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीले बोक्ने मोवाइल फेला परेको छ । शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले रातोपाटीलाई बताए ।
सोमबार मोबाइलको ब्याट्री फेला परेको थियो । ब्याट्री फेला परेको ठाउँभन्दा पाँच मिटर पर मोवाईल फेला परेको हो ।
चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । शव परिक्षणको रिपोर्ट आउन बाँकी छ ।
घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुलेको छैन् । केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् ।
असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले घटनास्थलबाट विषको बट्टा पनि बरामद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण