शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा प्रचण्ड–माधव भेटवार्ता

मङ्गलबार, २२ असार २०७८, १६ : ०८
मङ्गलबार, २२ असार २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड जनकपुरबाट फर्कने क्रममा सिधै कोटेश्वर पुगेका हुन् । दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र कुराकानी भएको बुझिएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप