नेप्सेमा थप ५.२४ अंकको गिरावट
मङ्गलबार, २२ असार २०७८, १५ : ५८
लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार थप ५.२४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको हो ।
गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३ विन्दुमा अड्किएको थियो ।
नेप्सेका अनुसार यस दिन कुल २२० कम्पनीका एक करोड एक लाख ३५ हजार २०९ कित्ता सेयर ४६ हजार ३१० पटक किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँको मात्र कारोबार भएको छ । यो गत सोमबारको तुलनामा करिब ३० करोडले कमी हो ।
यस दिन बैंकिङ्ग, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स तथा म्यानु एण्ड प्रो समूह चम्किदा अन्य सबै समूह ऋणात्मक (नेगेटिभ) हुन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण