नेप्सेमा थप ५.२४ अंकको गिरावट
मङ्गलबार, २२ असार २०७८, १५ : ५८
लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार थप ५.२४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको हो ।
गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३ विन्दुमा अड्किएको थियो ।
नेप्सेका अनुसार यस दिन कुल २२० कम्पनीका एक करोड एक लाख ३५ हजार २०९ कित्ता सेयर ४६ हजार ३१० पटक किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँको मात्र कारोबार भएको छ । यो गत सोमबारको तुलनामा करिब ३० करोडले कमी हो ।
यस दिन बैंकिङ्ग, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स तथा म्यानु एण्ड प्रो समूह चम्किदा अन्य सबै समूह ऋणात्मक (नेगेटिभ) हुन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तार भूमिगतको विषयलाई लिएर काठमाडौँ महानगर र विद्युत् प्राधिकरण आमने सामने
-
बहिस्कृत नातिनीदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म
-
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
-
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू
-
‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै
-
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने