थानकोटमा ३ जना मिलेर युवकको हत्या, २४ घण्टा भित्र आरोपी पक्राउ
काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ । आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका जितेन्द्र शाहको हत्या भएको थियो । हत्यामा संलग्न ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुरको दामन घर भएका २५ वर्षीय मनोज दोङ र साहिल गोपाललाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर हत्याबारे जानकारी गराएको छ । ‘धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने–‘३ जना मिलेर घाँटी र ढाडमा चक्कु प्रहार गरेको खुलेको छ ।’
चक्कु प्रहारबाट गम्भीर घाइते भएका शाहको उपचारको क्रममा असार २१ मा ट्रमा सेन्टरमा मृत्यु भएको थियो । आरोपीहरूलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा