आईडीपी नेपालद्वारा संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुरु
काठमाडौं । आईडीपी एजुकेसन स्टुडेन्ट सर्विसेज नेपालले नेपाली विद्यार्थीहरुको माझमा लोकप्रिय गन्तब्य संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुचारु गरेको छ। अमेरिका जान चाहने सबै इच्छुक विद्यार्थीहरूका लागि यो सेवा सुरु गरेको आईडीपीले जनाएको छ ।
अमेरिका गन्तब्य सुरु गर्दा आईडीपीले एक विशेष ईसेमिनार संचालन गरेर विद्यार्थीहरुलाई अमेरिकामा अध्ययन गर्नका फाइदाहरुको बारेमा जानकारी दिएको छ। “Learn about Studying in One of the Most Innovative and Aspirational Destinations” शिर्षक नामक ई सेमिनारमा यूएसए आईडीपी एजुकेसनका असोसीएट डाइरेक्टर श्रीमती धर्मा नायकले अमेरिका जान चाहने सबै विद्यार्थीहरूका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।
श्रीमती धर्मा नायकले विश्वभरी विद्यार्थीहरुले यूएसएमा पढ्न किन रुचाउँछन् ? के कति खर्च लाग्छ ? स्कलरशिपको बारेमा, पढी राख्दा र पढाई सकिएपछि के कस्ता रोजगारीको अवसर पाइन्छ र यूएसएमा पढ्नका लागि लोकप्रिय विषयहरु के हुन् ? भन्नेबारे जानकारी दिए ।
आईडीपी नेपालका कन्ट्री म्यानेजर अभिषेक श्रेष्ठले अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई उच्च गुणस्तर शिक्षा र बहुसांस्कृतिक अनुभव प्रदान गर्ने भएकोले पहिले देखिनै एक लोकप्रिय गन्तव्यका रुपमा चिनिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन
-
सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
-
हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
-
तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर
-
चीनबाट फर्केलगत्तै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको सङ्केत
-
जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ : शङ्कर पोखरेल