शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आईडीपी नेपालद्वारा संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुरु

मङ्गलबार, २२ असार २०७८, १४ : १२
मङ्गलबार, २२ असार २०७८

काठमाडौं । आईडीपी  एजुकेसन स्टुडेन्ट सर्विसेज नेपालले नेपाली विद्यार्थीहरुको माझमा लोकप्रिय गन्तब्य संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुचारु गरेको छ। अमेरिका जान चाहने सबै इच्छुक विद्यार्थीहरूका लागि यो सेवा सुरु गरेको आईडीपीले जनाएको छ ।

अमेरिका गन्तब्य सुरु गर्दा आईडीपीले एक विशेष ईसेमिनार संचालन गरेर विद्यार्थीहरुलाई अमेरिकामा अध्ययन गर्नका फाइदाहरुको बारेमा जानकारी दिएको छ। “Learn about Studying in One of the Most Innovative and Aspirational Destinations” शिर्षक नामक ई सेमिनारमा यूएसए आईडीपी एजुकेसनका असोसीएट डाइरेक्टर श्रीमती धर्मा नायकले अमेरिका जान चाहने सबै विद्यार्थीहरूका जिज्ञाशाहरुको जवाफ दिएका थिए । 

श्रीमती धर्मा नायकले विश्वभरी विद्यार्थीहरुले यूएसएमा पढ्न किन रुचाउँछन् ? के कति खर्च लाग्छ ? स्कलरशिपको बारेमा, पढी राख्दा र पढाई सकिएपछि के कस्ता रोजगारीको अवसर पाइन्छ र यूएसएमा पढ्नका लागि लोकप्रिय विषयहरु के हुन् ? भन्नेबारे जानकारी दिए ।

आईडीपी नेपालका कन्ट्री म्यानेजर अभिषेक श्रेष्ठले अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई उच्च गुणस्तर शिक्षा र बहुसांस्कृतिक अनुभव प्रदान गर्ने भएकोले पहिले देखिनै एक लोकप्रिय गन्तव्यका रुपमा चिनिएको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप