शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

शव परीक्षणको रिपोर्ट कुर्दै प्रहरी
मङ्गलबार, २२ असार २०७८, १४ : ०४
मङ्गलबार, २२ असार २०७८

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । 

त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले रातोपाटीलाई बताए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । 

चितवनका एसपी ओम अधिकारीले विज्ञ चिकित्सकको समुहले पोष्टमार्टम गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म कुनै क्लू फेला परेको छैन ।’ 

घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन। ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सिआईबीका डीआईजी सिंहले बताए । 

‘पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ’ डीआईजी सिंहले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी राखेका छौं ।’ 

असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । 

आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकै विषादीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल मृतकको घरबाट ५ किलोमिटर टाढा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप