बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन आयाेगमा जसपाका दुई पक्षबीच छलफल जारी

मङ्गलबार, २२ असार २०७८, १२ : ३८
मङ्गलबार, २२ असार २०७८

जनता समाजवादी पार्टी  विवाद समाधानका लागि निर्वाचन आयाेगमा छलफल जारी छ । आयाेगमा भइरहेकाे छलफलमा जसपाका दुई पक्षबीचका नेताहरू सहभागी भएका छन् । 

बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी छन् ।

 यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित माेहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

पार्टीमा विवाद बढेपछि अध्यक्ष ठाकुरले कार्यकारिणी समितिबाट यादव पक्षका २० जनालाई हटाएर आफूपक्षीय २० जना थपेका थिए । 

सो कार्यकारिणी समितिलाई निर्वाचन आयोगले भने मान्यता दिएको छैन । तर, पुनर्गठित कार्यकारिणी समितिका सदस्य अकवाल मियाले भने हेरफेर गरिएको कार्यकारिणी समितिलाई मान्यता दिए–नदिएको जानकारी निर्वाचन आयोगले नदिएको दावी गरे । 

विवाद बढ्दै जाँदा पार्टीको अधिकारिताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएपछि आज छलफलका लागि दुवै पक्षलाई बोलाइएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप