शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शम्भुजितको निर्देशनमा कृष्ण र करिश्माले देखाए प्रेम

मङ्गलबार, २२ असार २०७८, १२ : ३६
मङ्गलबार, २२ असार २०७८


संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीत ‘मेरो याद जरुर आउला’ सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर तथा बालकृष्ण ‘सन्जिव’को शब्द रहेको गीतको एरेन्ज रीकेस गुरुङले गरेका हुन् ।

प्रेम र बिछोडका पिडाहरु ब्यक्त गरिएको यो आधुनिक गीतमा संगीतकार बास्कोटाले निकै आकर्षक तरिकाले संगीत भरेका छन् । संगीत जो कोहीलाई पनि मोहित बनाउने खालको रहेको छ । 

गीतको भिडियो समेत निर्माण भएको छ । जसमा अभिनेता कृष्ण मल्ल, करिस्मा मानन्धर, संजय अधिकारीलगायतको अभिनय देख्न सकिन्छ । करिस्मा र कृष्ण भिडियो निकै राम्रो अभिनयका साथ प्रस्तुत भएका छन् । 

उत्तम हुमागाईको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा संगीतकार बास्कोटालेनै निर्देशन गरेका हुन् ।  नेपालको पहिलो भिडियो निर्देशक समेत रहेका बास्कोटाले भिडियो प्रेम, प्रेमपिडा र श्रीमान् श्रीमतीको सम्बन्ध निकै आकर्षक तरिकाले भिडियोमा उतारेका छन् । भिडियोमा गायक सत्यराज समेत गायकको रुपमा प्रस्तुत भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप