शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रियलले पूरा गरेन टोट्टेनह्यामसँगको सर्त, आठ वर्षसम्म पनि भएन मैत्रिपूर्ण खेल

मङ्गलबार, २२ असार २०७८, ११ : ५२
मङ्गलबार, २२ असार २०७८

रियल म्याड्रिडले लगातार दोस्रो सिजन भाल्डेवेवासमा प्रिसिजनको अभ्यास गर्दैछ । जबकी, टोट्टेनह्यामले आफुसँग खेल्नुपर्ने मैत्रिपूर्ण म्याचको सर्तबारे रियललाई सम्झाइसकेको छ । २०१३ मा ग्यारेथ बेल टोट्टेनह्यामबाट विश्व कीर्तिमान मुल्यमा रियल म्याड्रिड गएका थिए ।

यतिबेला दुई क्लबबीच उत्तरी लण्डनमा मैत्रिपूर्ण खेल खेल्ने सहमति पनि बनेको थियो । तर, आठ वर्षपछि पनि यो शर्त पुरा भएन ।

रियलमा बेलको भविष्य यस सिजन स्पष्ट भइसकेको छैन । तर, यो खेल कुनै न कुनै बिन्दुमा खेल्नुपर्ने बाध्यता रियलसामु छ । नत्र, टोट्टेनह्यामले कानूनी कदम पनि चाल्नसक्छ । यद्यपी, कोभिड १९ महामारी न्युनिकरणपछि रंगशालामा ठूलो संख्याका दर्शकको उपस्थितिमा यो खेल खेल्ने चाहना टोट्टेनह्यामको हुनसक्छ । 

२०२१ के प्रि–सिजन अधिकांश ठूला क्लबहरूका लागि कठिन बनेको छ । ठूला स्टारहरु युरोपेली च्याम्पियनसिप र कोपा अमेरिकामा व्यस्त छन् । यसलगत्तै केही खेलाडीहरु टोकियो ओलम्पिकमा समावेश हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप