शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन, प्रचण्डद्वारा दु:ख व्यक्त

मङ्गलबार, २२ असार २०७८, १० : ३०
मङ्गलबार, २२ असार २०७८

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । 

उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील नेता गुमाउनुका साथै पार्टीले समर्पित सहकर्मी गुमाएको उल्लेख गरेका छन् । यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको पनि प्रचण्डको भनाइ छ । 
प्रचण्डले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

यादवले  २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । उनी महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप