बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

कालिकोटमा जिप दुर्घटना एकको मृत्यु, चार घाइते

मङ्गलबार, २२ असार २०७८, ०९ : ३८
मङ्गलबार, २२ असार २०७८

सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्लाको रास्कोट नगरपालिका-५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार विहान दुर्घटना भएको थियो ।

दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  

उक्त, जिप रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको हो ।

प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। १२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप