पत्रपत्रिका
कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल
मङ्गलबार, २२ असार २०७८, ०७ : ३२
एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो ।
बैठकपछि माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबार पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने बताए ।
संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले लामो समयपछि बसेको कार्यदलको औपचारिक बैठकले सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देश दिने बताए ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले ‘आत्महत्या’ गर्छु भनेपनि समिति गठन हुँदैन : एमाले
-
सरकारले सोमबार छानबिन समिति गठनको कुरा लिएर आउने विश्वास छ : रमेश लेखक
-
वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै
-
जिबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
आय गणनामा नयाँ व्याख्या गर्दै सर्वोच्चले भन्यो– अस्वाभाविक जीवनपद्धति नै भ्रष्टाचार हो
-
लुम्बिनीका दुई सांसद जसपामा खुले