बेलायतमा बढ्दै संक्रमण, एकैदिन २७ हजार बढी नयाँ संक्रमित

बेलायतमा पछिल्लो २४ घन्टामा २७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा २७ हजार ३३४ नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या एक सातामा २१ प्रतिशतले वृद्धि भएको हो ।
नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४९ लाख ३० हजार ५३४ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । संक्रमण दरमा वृद्धि भएपनि मृतक संख्यामा भने खासै फरक परेको छैन । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार २३१ पुगेको छ ।
बेलायतमा ७ करोड ९० लाख बढी खोप वितरण
बेलायतमा ७ करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुलाई ५ सम्मको तथ्याँकअनुसार यहाँ ६४ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव १ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा ७ करोड ९० लाख ७८ हजार ८१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५३ लाख ५१ हजार ७१९ जनाले पहिलो र तीन करोड ३७ लाख २६ हजार ३६२ जनाले दोस्रो डोज लगाएका छन् ।
बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमण दरमा तीव्रता आएपनि सरकारले आगामी जुलाई १९ बाट लकडाउन सहज बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा