शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मदिरा सेवनपछि विवाद, कुटपिटबाट  मृत्यु

सोमबार, २१ असार २०७८, २१ : ३९
सोमबार, २१ असार २०७८

भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ । कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो ।

स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो । मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का अध्यक्ष राम नाथले बताए । मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् । 

मृत्युपछि आरोपित पालसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप