मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

रुपन्देही र बाँकेमा निषेधाज्ञा खुकुलो पार्दै एक हप्ता थप

सोमबार, २१ असार २०७८, २१ : २६
सोमबार, २१ असार २०७८

 रुपन्देही र  बाँके जिल्लामा  एक हप्ता  निषेधाज्ञा थपिएको छ । लुम्बिनी प्रदेश यी  दुई जिल्लाहरूमा आज बसेको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । रुपन्देहीमा  जिल्ला स्तरिय कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले  ३१ गतेसम्म निरन्तरता दिएको  जनाएको हो ।

 २०७८ वैशाख १५ गतेको आदेशलाई तपसिल बमोजिम हुने असार २२ गते बिहान ६ बजेदेखि असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी आदेशमा उल्लेख छ ।

यससँगै सार्वजनिक तथा निजी सवारी साधनमा लागू भएको जोर बिजोर प्रणाली कायमै रहेको छ । पसलहरू तथा व्यवसायहरू बिहान ११ बजेबाट ६ बजेसम्म खुल्ने समय यथावत राखिएको उल्लेख छ ।

यस्तै बाँके जिल्लामा पनि  आज बसेको बैठकले असार ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिइएको  छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पसल तथा अन्य व्यवसाय बिहान ९ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सञ्चालन हुने गरी बाँके जिल्लामा निषेधाज्ञालाई निरन्तरता दिइएको  बताए ।

जिल्लामा शैक्षिक संस्था, सबै प्रकारको सभा, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, जिम खाना, लामो दूरीको सवारीसाधन, अत्यावश्यक बाहेक जिल्ला प्रवेशमा रोक लगाइएको छ। नेपालगञ्जमा वैशाख ९ र जिल्लाभरी वैशाख १३ गतेदेखि निषेधाज्ञा लगाइएको छ। हिजो आज बाँके र रुपन्देहीमा कोरोना सङ्क्रमण दर निकै घटेको छ । भने अस्पतालहरूमा बेड समेत खालि हुन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप