कार्यदल बैठकपछि नेपाल पक्षले भन्यो–भोलिदेखि पार्टी मिलाउने प्रयास हुन्छ
नेकपा एमालेको विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलको बैठक सकारात्मक बनेको नेताहरूले बताएका छन् । बैठकपछि माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले भोलिदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने बताए । आजको बैठकले भोलि १ बजे पुनः बैठक बस्ने सहमति गरेको छ ।
बैठकपछि रावलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भोलिदेखि निरन्तर बसेर पार्टी विवाद समाधान गर्ने प्रयास गरिने बताए । ‘कार्यदललाई निरन्तर बढाउने बारे छलफल भयो, आज मूल विषयमा प्रवेश गरेनौँ’, उनको भनाइ छ, ‘आन्तरिक विषयमा समाधानका लागि प्रयत्न गर्न भोलि बैठक पुनः बस्ने तय भएको छ ।
यस्तै नेपाल पक्षीय अर्का नेता गोकर्ण विष्टले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र पार्टी एकताका लागि आशावादी हुने ठाउँ देखिएको प्रतिक्रिया दिए । विष्टले औपचारिक रूपमा कसरी विवाद टुङ्गो लगाउन सकिन्छ भनेर दुवै पक्षबीच सकारात्मक ढङ्गले छलफल सुरु भएको पनि बताए ।
कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् । सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शङ्कर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
कार्यदल सक्रिय भएसँगै एमालेको दुई पक्षबीचको विवाद मिलाउन पहल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
