बौद्धमा मोटरसाइकल र स्कुटर ठोक्किँदा किशोरीको मृत्यु
सोमबार, २१ असार २०७८, १९ : ३९

काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विद्युत् सेवा अवरूद्ध, २५० परिवार अन्धकारमा
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
गृहमन्त्रीको पक्षमा मधेसी दलहरू : भने– स्वच्छ छवि भएकालाई जबर्जस्ती आरोप लगाइयो
-
‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको ठुम्का
-
शेख हसिनाविरूद्ध पक्राउ पूर्जी जारी
-
रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल