‘स्मार्ट डोको मनसुन अफर’, क्यास ब्याकदेखि छुटसम्म
![‘स्मार्ट डोको मनसुन अफर’, क्यास ब्याकदेखि छुटसम्म](https://rpcdn.ratopati.com/media/albums/Fullscreen_capture_752021_71227_PM_Ttvgj8vIrc.jpg)
काठमाडौं । अनलाइन मेगा स्टोर स्मार्ट डोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आइएमएस ग्रुपले स्मार्ट डोकोको प्राप्ति पछि स्मार्ट डोकोले अफर ल्याउन लागेको हो । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन् । यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ ।
कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (५०० सम्म) अफर समेत ल्याएको छ । स्मार्ट डोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रोनिक्स, बेबी प्रडक्ट, किचन वेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छुट अफर ल्याएको छ ।
स्मार्ट डोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजी जस्ता ब्रान्डहरुमा आकर्षक अफर समेत ल्याएको छ । ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।
स्मार्ट डोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथ बाहिर र काठमाडौं उपत्यका बाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् । यो अफर २०७८ असार २२ गते देखि २०७८ असार २६ गते सम्म मान्य हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
-
अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
फ्रान्समा चरम दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना
-
नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
-
अर्थ मन्त्रालयद्वारा दीर्घरोगी बिरामीका लागि ३५ करोड निकासा
-
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता