शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउन ग्लोबल आइएमई बैंकले गर्यो नौकुण्ड गाउँपालिकासँग सम्झौता

सोमबार, २१ असार २०७८, १९ : ०३
सोमबार, २१ असार २०७८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरा पालन, बङ्गुर पालन, माछा पालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप