घट्टेकुलो बम विष्फोट प्रकरणमा पक्राउ परेका केसी रिहा
सोमबार, २१ असार २०७८, १८ : ४९
![घट्टेकुलो बम विष्फोट प्रकरणमा पक्राउ परेका केसी रिहा](https://rpcdn.ratopati.com/media/albums/208241904_175241121244618_6968155388435741178_n_lPhy7Smjv1.jpg)
दुई वर्षअघि काठमाडौंको घट्टेकुलोमा बम विष्फोट गराएको आरोपमा जेल परेका रविन केसी रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) त्रिचन्द्र कलेज इकाई कमिटीका पूर्व अध्यक्ष समेत रहेका केसी २५ महिनापछि रिहा भएका हुन् ।
सोमबार अखिल क्रान्तिकारी केन्द्रीय समितिले राजधानीको आर आर क्याम्पसमा केसीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेकपाकी नेतृ तारा सञ्जेल लगायतको उपस्थिति रहेको थियो । २०७६ जेठ १२ गते भएको घट्टेकुलो विष्फोटमा नेकपाकै कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भएको थियो भने केसी घाइते भएका थिए ।