ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको निधन
सोमबार, २१ असार २०७८, १८ : ३०
नेपाली काँग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरा लेकसाइड निवासी कुँवरको सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन । उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको हो । कुँवरले नेपाली काँग्रेस कास्कीमा असल नेताको पहिचान बनाएका थिए । गत स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकामा मेयरका प्रत्यासी बनेका थिए ।