मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको निधन

सोमबार, २१ असार २०७८, १८ : ३०
सोमबार, २१ असार २०७८

नेपाली काँग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरा लेकसाइड निवासी कुँवरको सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन । उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको हो ।  कुँवरले नेपाली काँग्रेस कास्कीमा असल नेताको पहिचान बनाएका थिए । गत स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकामा मेयरका प्रत्यासी बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप