सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

युवकको हत्या गरेको आरोपमा चन्द्रागिरिबाट २ जना पक्राउ

सोमबार, २१ असार २०७८, १८ : १०
सोमबार, २१ असार २०७८

एक युवकको हत्या गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिबाट २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् ।

चन्द्रागिरी नगरपालिका ३ थानकोटमा आइतबार राति गोपाली समेतका ३ जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साहको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरी नगरपालिका ३ थानकोट र तामाङलाई सोही नगरपालिका १ दहचोकबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न १ जना फरार रहेका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप