वीपी प्रतिष्ठानको बेथिति अन्त्य गर्न नर्सिङ संघको माग
सोमबार, २१ असार २०७८, १६ : ३८
नेपाल नर्सिङ संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलित कर्मचारीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो । प्रतिष्ठानको गरिमालाई कायम राख्न र बेथितिहरुको अन्त्य गर्न आन्दोलनरत पक्षको मागहरु यथाशिघ्र सम्बोधन गरी समस्या समाधान संघले अनुरोध गरेको छ ।
विगत २४ दिनदेखि प्रतिष्ठानमा कार्यरत नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरिरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकारवाला निकायहरूलाई सम्वोधन गर्न संघले अपिल गरेको छ ।
प्रतिष्ठानमा विभिन्न माग राख्दै २४ दिनदेखि आन्दोलन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण