माओवादीद्वारा प्रदेश १ प्रदेशसभा बैठक पाँचौपटक अवरुद्ध

नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक पनि अवरुद्ध गरेको छ। माओवादी केन्द्रले आफनो आसनबाट उठेर सदनको काम कार्वाही अगाडि बढन नदिएपछि भोलि सम्मका लागि बैठक स्थगित भएको हो । माओवादी केन्द्रकै अवरोधका कारण पछिल्ला चारवटा बैठक चल्न सकेका थिएनन् ।
प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित ढंगले प्रस्तुत भएपछि उनले माफी माग्नुपर्ने माग राख्दै माओवादीले लगातार प्रदेशसभा बैठक अवरुद्ध गदै आएको छ । जसका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी सोमबारसहित पाँच पटक बैठक स्थगित भएको छ ।
संसद बैठक खुलाउने विषयमा माओवादी र सत्तापक्षबीच वार्ता हुने गरे पनि बिना निष्कर्ष टुंगिने गरेको छ । सरकार पक्षले अवरुद्ध संसद सुचारु गर्ने पक्षमा खासै पहलकदमी लिएको देखिएको छैन । माओवादीले आजको बैठकमा पनि मन्त्री गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएकाले तत्काल माफी माग्नुपर्ने माग अगाडि सारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्