माओवादीद्वारा प्रदेश १ प्रदेशसभा बैठक पाँचौपटक अवरुद्ध
नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक पनि अवरुद्ध गरेको छ। माओवादी केन्द्रले आफनो आसनबाट उठेर सदनको काम कार्वाही अगाडि बढन नदिएपछि भोलि सम्मका लागि बैठक स्थगित भएको हो । माओवादी केन्द्रकै अवरोधका कारण पछिल्ला चारवटा बैठक चल्न सकेका थिएनन् ।
प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित ढंगले प्रस्तुत भएपछि उनले माफी माग्नुपर्ने माग राख्दै माओवादीले लगातार प्रदेशसभा बैठक अवरुद्ध गदै आएको छ । जसका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी सोमबारसहित पाँच पटक बैठक स्थगित भएको छ ।
संसद बैठक खुलाउने विषयमा माओवादी र सत्तापक्षबीच वार्ता हुने गरे पनि बिना निष्कर्ष टुंगिने गरेको छ । सरकार पक्षले अवरुद्ध संसद सुचारु गर्ने पक्षमा खासै पहलकदमी लिएको देखिएको छैन । माओवादीले आजको बैठकमा पनि मन्त्री गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएकाले तत्काल माफी माग्नुपर्ने माग अगाडि सारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण