बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

झापामा असार मसान्तसम्म निषेधाज्ञा थप

सोमबार, २१ असार २०७८, १५ : ०४
सोमबार, २१ असार २०७८

झापामा असार मसान्तसम्मका लागि  निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन् ।  जिल्लामा कोरोना संक्रमण घट्दो क्रममा रहेपनि संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञा थप गरिएको उल्लेख छ । 

निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, इलेक्ट्रोनिक्स, लत्ता कपडा, घरायसी प्रयोग हुने सामानहरूका पसल ५ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । होटलहरु सुरक्षा मापदण्ड अपनाएर बेलुका पाँच बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । 

मलखाद्य, बीउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा बोक्ने सवारी साधन तोकिएको गन्तव्य बाहेकका स्थानमा रोक्न तथा अन्य मानिस राख्न नपाउने ब्यवस्था गरिएको छ ।  नीजि तथा सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने बताइएको छ । लामो दूरीका सवारी सञ्चालनको हकमा इलाम, मोरङ र सुनसरी सम्म मात्र चलाउन पाइने छ ।

सार्वजनिक सवारीको हकमा स्वीकृत सिट क्षमता अनुसार मात्र यात्रु राख्न पाइने, ढोकामा सेनिटाइजर राख्नुपर्ने, चालक, सहचालक तथा सहयोगीले अनिवार्य मास्क, भाइजर तथा पञ्जा लगाउनुपर्ने र दैनिक रुपमा सवारी साधन निसंक्रमित गर्नु पर्ने आदेश गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप