बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पौडी खेल्न गएका दुई किशोर बेपत्ता

सोमबार, २१ असार २०७८, १३ : ३३
सोमबार, २१ असार २०७८

पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डको टोलीले खोजतलास गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप