अधुरै रह्यो बिशारदको ‘लाल सलाम’ सपना
कोरोनाको दोस्रो भेरियन्ट पहिलेको तुलनमा निकै खतरनाक देखिएको छ । नेपालमा पनि दोस्रो भेरियन्टबाट ज्यान गुमाउनेको संख्या पहिलोको तुलनामा बढी छ ।
कोरोनाको दोस्रो भेरियन्टका कारणले ज्यान गुमाउने थुप्रै मध्यका एक हुन् फिल्म निर्देशक बिशारद बस्नेत । ३९ वर्षका बस्नेतको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गत शुक्रबार मृत्युवरण गरेका थिए ।
भारतमा जन्मिएका उनको बाल्यकाल उतै बितेको थियो । मध्यम वर्गीय परिवार सन्तान बिशारदका पिता भारतीय रेलमा जागिरे थिए ।
बिशारद सानैदेखि फिल्म प्रेमी थिए । भारतमा पनि फिल्म उद्योगमा संघर्ष गरेका बस्नेतको नेपालमा केही फरक र राम्रो फिल्म बनाउने र फिल्मको माध्यमबाट नेपालको नाम बिश्वमा चिनाउने सोच रहेको थियो ।
सोही सोचलाई पूर्णता दिन उनले ‘मिस्टर भर्जिन’बाट नेपाली फिल्म निर्देशनमा डेब्यु गरे । फरक बिषयबस्तु र प्रस्तुतिका साथ निर्माण भएको फिल्मले भने उनलाई व्यवसायिक सफलता दिलाउन सकेन । समीक्षकले भने उनको काममा हौसला दिएका थिए ।
त्यसपछि उनले दोस्रो फिल्मको रुपमा ‘न यता न उता’ बनाए । तर यो फिल्मले पनि उनलाई ब्यवसायिक सफलताको सिढी चढाउन सकेन ।
दुई फिल्मको असफलताबाट आफुले धेरै कुरा सिकेको बताउने उनले फेरि अर्काे फिल्म ‘लाल सलाम’को तयारी थालेका थिए । महिला हिंसाविरुद्धको आवाज बुलन्द पार्ने उदेश्यले यो फिल्ममा उनले महिलाको कथा उठाएका थिए । जसको निर्माण निर्देशकको तयारीमा उनी थिए ।
‘अवको मेरो फिल्मले नेपाली समाजमा नारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नेछ,’ निर्माणाधिन फिल्मको बिषय उनले साथीभाईसँग चर्चा गर्दै भनेका शब्द हुन् यी । तर, अब उनको यो सपना कहिल्यै पूरा नहुने भएको छ । कोरोना संक्रमणका कारण उनले शुक्रबार सदासदाका लागि यो संसार छोडेर गएका छन् । शुक्रबारनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएका उनको सम्झना र कृति मात्र अहिले हामी माझ छ ।
जीवनमा कहिले डाक्टर, कहिले इन्जिनियर त कहिले आर्मी बन्न सपना देखेका उनले एकै समयमा कयौं जीवन र कयौं भावनालाई अनभुव गर्ने चाँहनाले कलाकारिता आफुले रोजेको एक अन्तवार्तामा बताएका थिए । पछिल्लो समय अभिनय र निर्देशन दुई बिधा एकसाथ अगाडि बढाइरहेका उनी शान्त स्वभावका मिलनसार ब्यक्ति पनि थिए । धेरै कुरा अरुको सुन्ने र थोरै बोल्ने उनी नव प्रतिभालाई सधै अगाडि ल्याउन चाहन्थे । उनले ‘सुश्री सम्पति, ‘दुई रुपैयाँ’ लगायतका केही फिल्म समेत अभिनय गरेका छन् ।
उनी कोरोना महामारी सकिएपछि भारतको झारखन्डमा एक बेव सिरिज र नेपालमा ‘लाल सलाम’ बनाउने उनको योजना थियो । कोरोनासँग लड्दा लड्दै उनले हारे । उनको सपना र योजना सबै अधुरै रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने