आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सोमबार, २१ असार २०७८, १० : १२
सोमबार, २१ असार २०७८

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।

आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्रममा आँफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल र पाटो टोलको बीचमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

आलेले अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउदा दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप