मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाउँपालिकाका एक कर्मचारी मृत फेला

सोमबार, २१ असार २०७८, ०९ : ५७
सोमबार, २१ असार २०७८

बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४ः३० बजे  सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्  ।  

उनले भने, “नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ ।” गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ । 

भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन । शव परीक्षण आज मात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप