युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जना पक्राउ
३४ लाख ६२ हजार नगद बरामद
सोमबार, २१ असार २०७८, ०९ : ३२
काठमाडौं । युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना छन् ।
आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले आरोपीहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको हो ।
राजेन्द्र श्रेष्ठ प्रधान सहितको समुहले युरोकप र ब्राजिलमा जारी कोपा अमेरिका कप फुटवलमा अनलाइनमार्फत लाखौं हार जित हुनेगरी सट्टेबाजी गराएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण