शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जना पक्राउ

३४ लाख ६२ हजार नगद बरामद
सोमबार, २१ असार २०७८, ०९ : ३२
सोमबार, २१ असार २०७८

काठमाडौं । युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना छन् । 

आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । 

महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले आरोपीहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको हो । 

राजेन्द्र श्रेष्ठ प्रधान सहितको समुहले युरोकप र ब्राजिलमा जारी कोपा अमेरिका कप फुटवलमा अनलाइनमार्फत लाखौं हार जित हुनेगरी सट्टेबाजी गराएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप