क्यानडामा आगलागीमा परी कम्तीमा सात पाकिस्तानीको मृत्यु
आइतबार, २० असार २०७८, २३ : ४०
क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ । क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाडा दिवसको उपलक्षमा एक समारोहपछि बिहान करिब २ः३० बजेतिर आगलागी भएको र तीन वयस्क र चार बालबालिका गरी सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १२ बर्ष मुनिका बालबालिका रहेको प्रहरी अधिकृत ट्यामी कैबेलले बताए । उक्त आगलागीमा एक बयस्क र चार बालबालिकाले भागेर जीवन बचाउन सफल भएका घर धनी अमजाद कमलले बताए । आगलागीको कारणबारे अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै
-
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश
-
बढाइयो सलमान खानको सुरक्षा, घरको बाल्कोनीमा बुलेटफ्रुफ सिसा
-
स्पाइडरम्यान अभिनेता–अभिनेत्रीले गरे इन्गेजमेन्ट